९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख १ गते , मंगलबार

मधेश प्रदेशमा विश्व कुष्ठ रोग दिवस मनाइयो

source NNB २०८२ माघ १२ गते , सोमबार
0
Shares
228
Views
 मधेश प्रदेशमा विश्व कुष्ठ रोग दिवस मनाइयो

महोत्तरी । मधेश प्रदेशमा विश्व कुष्ठ रोग दिवस मनाइएको छ । आइतबार विराट नेपाल मेडिकल ट्रष्ट बीएनएमटी नेपाल, मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, धनुषा र महोत्तरी जिल्ला स्वास्थ्य कार्यालय, बलवा नगरपालिकासहित विभिन्न स्वास्थ्य सम्बद्ध संघसंस्थाहरूको सहकार्यमा सचेतना तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम गरी कुष्ठ रोग दिवस मनाइएको हो ।

यसै दिवसको अवसर पारेर माघ ९ गतेदेखि विभिन्न कार्यक्रमसमेत गरिएको थियो । महोत्तरीको बलवामा कुष्ठ रोगसम्बन्धी अभिमुखीकरण, घरदैलो कार्यक्रम, स्क्रीनिङसहित शंकास्पद कुष्ठ रोग केसहरूको पहिचान गरिएको थियो । त्यसक्रममा बलवाको गाउँघरमा  सचेतना पुर्‍याई योगदान दिने दुई कुष्ठ रोगीलाई सम्मान पनि गरिएको थियो ।

साथै, दुई कुष्ठ रोगीलाई चामल, दाल, चना, पिठो, सेवाबीन, तेललगायत खाद्य सामग्री पनि प्रदान गरिएको बीएनएमटी महोत्तरीका संयोजक डा. मनोजकुमार साहले जानकारी दिनुभयो । त्यस्तै, माघ १० गते जनकपुरधाममा स्वास्थ्य निर्देशनालयले गरेको कार्यक्रममा मधेश प्रदेशमा कुष्ठरोगको वर्तमान स्थिति, प्रमुख चुनौतीहरू र प्रदेश सरकारले कुष्ठ रोग नियन्त्रण तथा उन्मूलनमा निर्वाह गरेको भूमिका विषयमा जानकारी दिइएको थियो ।

यी  गतिविधिहरूले समुदायमा आधारित, एकीकृत हस्तक्षेपहरूको प्रभावकारिता देखाउँदै कुष्ठरोगको प्रारम्भिक पहिचान सुदृढीकरण, सामाजिक ला‌‍ञ्छना र विभेद न्यूनीकरण र प्रभावित व्यक्तिहरूका लागि गुणस्तरीय तथा समावेशी सेवामा पहुँच सुनिश्चित गर्न सरकार, समुदाय र विकास साझेदारहरूबीचको सहकार्यको महत्वलाई उजागर गर्ने डा. साहले बताउनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज