Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित
काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएकाे छ ।
मंगलबार रवि लामिछाने नेतृत्वको रास्वपासँग पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रास्वपामा समाहित भएकाे हाे ।
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कविन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
सहमतिहरूमा नव युवाहरु (जेनजी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै घाइते तथा सहिद परिवारका मागहरु यथोचित सम्बोधन गर्न प्रतिबद्धता जनाउने, दलित तथा उपेक्षित उत्पीडित वर्गमाथि हुने जातीय विभेद, हिंसा तथा भेदभावका विरुद्ध पार्टीमा नीतिगत व्यवस्था गर्ने, संविधान प्रदत्त दलितहरुका हक अधिकार कार्यान्वयन गर्ने/गराउने, हाम्रो पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहनु भएका साथीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक समाहित गर्ने र राष्ट्रिय मुद्दामा हातेमालो गर्दै देशको निकास र विकसमा एक्यबद्धता जनाउने भनिएको छ ।