Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारको मनोनयन
काठमाडौं, पुस २३ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गरिनेछ ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
यस्तै, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्य पदका लागि यो निर्वाचन हुन लागेको हो । मतदान आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहनेछन्।