९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

एनपीएल: लुम्बिनी लायन्स फाइनलमा प्रवेश, विराटनगर पराजित

source NNB २०८२ मंसिर २५ गते , बिहीबार
0
Shares
141
Views
एनपीएल: लुम्बिनी लायन्स फाइनलमा प्रवेश, विराटनगर पराजित

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेको हो । पहिलोपटक फाइनलमा प्रवेश गरेको लुम्बिनीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा विराटनगरलाई निराश बनाएको थियो । 

त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।  विराटनगरका लागि साम हिजलेटले ३४, नरेन भट्टले २१ र मर्सान्ट डी लाङ्गले १७ रन बनाए । 

लुम्बिनीका लागि तिलक भण्डारीले तीन, जेजे स्मिथ, अभिषेश गौतम र रुबेन ट्रम्पलम्यानले दुई–दुई तथा शेर मल्लले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि डार्शी शर्टले ४५, कप्तान रोहितकुमार पौडेलले ३४, निरोशन डिकवेलाले २९ र रुबेन ट्रम्पलम्यानले अविजित ११ रन बनाए । विराटनगरका लागि सुवाश भण्डारीले तथा प्रतिस जिसीले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज