९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख १ गते , मंगलबार

सुदूरपश्चिमविरुद्ध विराटनगरको सानदार जित

source NNB २०८२ मंसिर २० गते , शनिबार
1
Shares
182
Views
सुदूरपश्चिमविरुद्ध विराटनगरको सानदार जित

काठमाडौँ, २० मंसिर । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । 

यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गर्‍यो । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो क्वालिफायरमा स्थान बनाउन आज विराटनगरले सुदूरपश्चिमको लक्ष्य १३.४ ओभरभित्र पूरा गर्नुपर्ने समीकरण थियो ।

विराटनगरको जितमा ओपनरद्वय डू प्लेसिस र हेजलेट दुवैले आक्रामक अर्धशतक बनाए । डू प्लेसिसले २० बलमा पाँच चौका र चार छक्कासहित ५० रन बनाए । उनले १९ बलमै अर्धशतक बनाएका थिए । यो एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि यो कीर्तिमान काठमाण्डूका भीम सार्कीको नाममा थियो । भीमले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाएका थिए ।

अर्का ओपनर हेजलेटले २७ बलमा तीन चौका र चार छक्कासहित ५१ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ७.१ ओभर (४३ बल) मा ९७ रनको साझेदारी गर्दै विराटनगरलाई विस्फोटक सुरुआत दिलाएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । इशान पाण्डे ३८ रन थप्दा जस ब्रोनले २४ र विनोद भण्डारीे १५ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

विराटनगरका सन्दीप लामिछानेले तीन विकेट लिए । प्रतिश जिसीले दुई र बसिर अहमेदले एक विकेट लिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज