Nepal Newsbox
२०८३ वैशाख ३ गते , बिहीबार
Nepal Newsbox
उपकुलपति बन्न कोही आएनन्, मन्त्री पुनद्वारा दु:ख व्यक्त
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि दु:ख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्–'सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटक सम्म गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।'
मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राडा भई १० वर्ष काम गरेको कोही भए आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।