Nepal Newsbox
२०८३ वैशाख ३ गते , बिहीबार
Nepal Newsbox
नवलपुर आगो ताप्ने क्रममा जलेर घाइते
वलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ निवासी ४१ बर्षीय भिमबहादुर बोहोरा जलेर घाइते भएका हुन् ।
मध्यविन्दु ४ मदनपुरमा कुलपुजा गर्ने भनि गएको र सोही स्थानमा आगो ताप्ने क्रममा अचानक आगोले पालेर घाइते भएका हुन् ।
उनको शरिरको १५ प्रतिशत भाग जलेको छ । प्रहरीले उनको उद्दार गरी उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगेको जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।
त्यसैगरी नवलपुरको गैडाकोटमा दुर्घटना हुँदा एक जना घाईते छन् ।
गैडाकोट ५ जनक स्कुल अगाडी पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट काठमाण्डौ तर्फ आउदै गरेको लु १ ख ९०४५ नं. को बसमा सोही दिशाबाट आइ बाटो क्रश गर्ने क्रममा बा.प्र.०६-००१ प ९५४८ नं. को स्कुटर ठोकिन जाँदा स्कुटर चालक बर्ष ५२ को पदम थापा घाईते भएका छन् ।