९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख १ गते , मंगलबार

रिहाइ प्रक्रियामै फरक–फरक दाबी: रवि लामिछाने र जेलर जोशीबीच तथ्यबारे विवाद

source NNB २०८२ कार्तिक २० गते , बिहीबार
3
Shares
310
Views
रिहाइ प्रक्रियामै फरक–फरक दाबी: रवि लामिछाने र जेलर जोशीबीच तथ्यबारे विवाद

रिहाइ प्रक्रियामै फरक–फरक दाबी: रवि लामिछाने र जेलर जोशीबीच तथ्यबारे विवाद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नख्खु कारागारका जेलर सत्यराज जोशी बीच रिहाइ प्रक्रियाको समय र निर्णयको आधारबारे फरक–फरक विवरण सार्वजनिक भएका छन्। यो विषय अहिले उच्चस्तरीय जाँचबुझ आयोगमा प्रमुख विवादको रुपमा उठिरहेको छ।

सहकारी रकम दुरुपयोगको आरोपमा थुनामा रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले आफू कारागारबाट रिहा हुँदा ‘माथिबाट आदेश आएको’ भन्दै त्यसअनुसार कारवाही भएको दाबी गरेका छन्। बुधबार उनले गौरीबहादुर कार्की अध्यक्षतामा रहेको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेट बयान दिएका थिए।

लामिछानेका अनुसार भदौ २४ गते रिहाइको निर्णय हुनुअघि डीपी अर्याल र आफ्नी श्रीमतीलाई बोलाइएको थियो। उनी भन्छन्, “आन्दोलनकारीहरुले पत्र पाएका रहेछन्, त्यसपछि बाहिर निस्कनु भनिएको हो।”

तर कारागारका जेलर सत्यराज जोशीले भने लामिछानेको दाबी विपरीत जानकारी दिएका छन्। जोशीका अनुसार लामिछाने कारागार बाहिरिएपछि लगभग डेढ घण्टापछिमात्र पत्रमा हस्ताक्षर गराइएको थियो। उनले आयोगमा भने, “सुरक्षागत संवेदनशीलताले पत्रको विवरण हेर्न पनि सकिनँ, डरका कारण हस्ताक्षर गर्नु परेको थियो।”

उक्त विवादित पत्रमा गृह सचिवको निर्देशनअनुसार देशमा अस्थिरता र असन्तोष बढ्न सक्ने सम्भावना देखिएकाले तत्काल रिहा गर्ने निर्णय गरिएको उल्लेख छ। सहकारीसम्बन्धी मुद्दा राजनीतिकरुपमा जटिल भएकाले समाधानमा समय लाग्ने पनि पत्रमा संकेत गरिएको छ।

कारागारबाट मुक्त भएपछि लामिछानेले तीनै सुरक्षा निकाय र अदालतलाई आफू रिहा भएको जानकारी इमेलमार्फत पठाएको बताएका छन्। साथै, उनले आफ्नो विरुद्ध फैलाएको “गलत प्रचार”बारे आयोगमा प्रष्टिकरण समेत दिएका छन्।

आयोगका एक सदस्यका अनुसार लामिछानेको बयान प्रक्रिया पूर्णरूपमा सम्पन्न भइसकेको छ, अब अन्य सम्बन्धित पक्षको बयान र प्रमाणको विश्लेषणपछि आयोग निष्कर्षमा पुग्नेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज