९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ३ गते , बिहीबार

जापानलाई पराजित गर्दै नेपाल सुपर–६ मा दुई अंकसहित अगाडि

source NNB २०८२ आश्विन २४ गते , शुक्रबार
2
Shares
154
Views
जापानलाई पराजित गर्दै नेपाल सुपर–६ मा दुई अंकसहित अगाडि

जापानलाई पराजित गर्दै नेपाल सुपर–६ मा दुई अंकसहित अगाडि

५ विकेटको जितसँगै गुल्सन–दीपेन्द्रको साझेदारीले दिलायो जीत

आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर–६ चरणमा २ अंक जोडेको छ। ओमान क्रिकेट एकेडेमीमा १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गर्‍यो।

ओपनर कुशल भुर्तेल (२१) र आसिफ शेख (३८) ले राम्रो सुरुवात गरे पनि बीचमा नेपालले लगातार विकेट गुमायो। अन्त्यतिर गुल्सन झा (नटआउट २८) र दीपेन्द्रसिंह ऐरी (नटआउट १४) ले शान्त पार लगाउँदै जित दिलाए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले जापानलाई ८ विकेटमा १३१ रनमै रोकेको थियो। जापानी कप्तान कोडावाकी फ्लेमिङले ६० रन बनाए भने नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २–२ विकेट लिए।

यो जितसँगै नेपाल सुपर–६ मा अरू चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष तीनमा पर्न सकेमा नेपालले टी–२० विश्वकप २०२६ को लागि निरन्तर दोस्रो र समग्र तेस्रो पटक छनोट पक्का गर्नेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार

के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?

इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान

ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश

निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो

उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?

सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी

दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने

तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन

सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज