९८५४०२६०३८ || ९८०१०२६०३८

Logo Nepal Newsbox २०८३ वैशाख ९ गते , बुधबार

इलाममा मात्र ५७ करोड ५० लाख बराबरको सडक र पुलमा क्षति

source NNB २०८२ आश्विन २३ गते , बिहीबार
0
Shares
54
Views
इलाममा मात्र ५७ करोड ५० लाख बराबरको सडक र पुलमा क्षति

इलाम, असोज १९।
अविरल वर्षाका कारण इलाममा मात्रै करिब ५७ करोड ५० लाख रुपैयाँ बराबरको सडक र पुल संरचना क्षतिग्रस्त भएका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार, इलामका विभिन्न सडक र पुल बगाउँदा ठूलो आर्थिक नोक्सानी भएको हो।

भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार, इलाम अन्तर्गतका सडकमा मात्रै १९ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने सडक र पुल गरी ३८ करोड ५० लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख रुपैयाँ बराबरको खानेपानी र सिँचाइ आयोजनाहरूमा क्षति पुगेको ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण इलामका दर्जनौं सडक अवरुद्ध भएका छन् भने धेरै पुल र झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। सरकारले तत्काल राहत र मर्मतका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको छ।

विपद् व्यवस्थापन समितिको निर्णयअनुसार इलामका लागि २५ लाख रुपैयाँ तत्काल मर्मत, अस्थायी बसोबास र आकस्मिक राहत कार्यका लागि उपलब्ध गराइने भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

 वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
वैदेशिक ऋण लिँदा संसदमा विस्तृत छलफल गरेर मात्र पारित गर सरकार
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
के वास्तवमै ओलीमाथि “घोर अन्याय” भएको छ?
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
इस्टर अवसरमा रक्तदान कार्यक्रम: ९७६ जनाद्वारा रक्तदान
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
ख्रीष्टको पुनरुत्थानको उत्सव: दशरथ रंगशालाबाट आशा, एकता र राष्ट्र निर्माणको सन्देश
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
निर्मला पन्त प्रकरण पुनः अनुसन्धानको तयारी, न्यायको आशा फेरि जाग्यो
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
उच्च तहका नेतामाथि सम्पत्ति अनुसन्धान: सुशासनतर्फको कदम कि राजनीतिक तरंग?
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
सडक बन्दविरुद्ध झापाका व्यापारी आक्रोशित, आन्दोलनकारीलाई खुल्ला चेतावनी
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
दलित समुदायप्रति राज्यको ऐतिहासिक क्षमायाचनाको तयारी, १५ दिनभित्र विशेष कार्यक्रम आउने
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड:  डा. महावीर पुन
तोडफोड गर्ने विरुद्ध कडा कानुन ल्याउन माग, क्षतिपूर्ति र जरिवानामा जोड: डा. महावीर पुन
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज
सरकारको समर्थनमा युवाहरू सडकमा, कानुन र शान्तिको पक्षमा आवाज